अभद्र व्यवहार गरेपछि एनआरएनएका अध्यक्ष भवन भट्टलाई विमानबाट ओरालियो
मदिरा सेवन गरेर अभद्र व्यवहार गरेको भन्दै सिल्क एयरले गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई विमानबाट ओरालिएको छ।
शनिबार राति सिंगापुर उड्ने क्रममा चालक दलले भट्टलाई विमानबाट ओरालेका हुन् । फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआई ४१३) विमानमा मदिरा सेवन गरी चालक दलका सदस्यहरुलाई अभद्र व्यवहार गरेको आरोपमा विमानबाट ओरालिएको जनाइएको छ ।
विमानका क्याप्टेनद्वारा प्रहरी बोलाएर भट्टलाई विमानबाट बाहिर निकालिएको थियो । विमानबाट बाहिरिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीमाथि समेत भट्टले अभद्र व्यवहार गरेको जनाइएको छ ।