रवि लामिछानेको रिहाइको माग गर्दै राजधानीमा जुलूस
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
नयाँबानेश्वरबाट शुरु भएको यो प्रदर्शन माइतीघर पुगेको थियो ।प्रदर्शनमा उल्लेख्य युवाको उपस्थिती थियो ।
सवारीसाधनमा माइकसहित नारा, जुलूस गरेका प्रदर्शनकारीले रवि लामिछानेसँगै आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीको तस्वीरअंकित फ्लेक्ससँगै विभिन्न नारासहितको पाम्प्लेट बोकेका थिए ।
प्रदर्शनकारीले ‘हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ’जस्ता नारा लगाएका थिए ।
प्रदर्शनकारीले ‘प्रहरी दमन बन्द गर’ नारा पनि लगाएका थिए ।
प्रदर्शनमा प्रहरीले कडा सुरक्षा प्रदान गरेको थियो ।