आईजीपी खनालले हिरासतमै भेटे रवि लामिछानेलाई
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा लिएर अनुसन्धान गरिदै गरेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई आईजीपी सर्वेन्द्र खनालले भेटेका छन् ।
आईजीपी खनालले हिरासतमै पुगेर शुक्रबार रवि लाछिानेलाई भेटेका हुन् । चितवन जाने क्रममा रवि लामिछानेलाई हिरासतमै भेटेको प्रहरीले जनाएको छ ।
भेटमा आईजीपी खनालले रवि लामिछानेलाई अनुसन्धानका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । रवि लामिछानेसहित तीन जनालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।