थप समाचारशनिबार, ७ भाद्र , २०७६

रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँताइँदै

रासस

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने गरी निर्माण भइरहेकाे रेलमार्गमा आगामी तिहारसम्ममा रेल सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ ।

कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।

हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । कम्पनीमा हाल न्यून जनशक्ति छन् । ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको भनाइ छ ।

रेल सञ्चालन गर्न उक्त कम्पनीलाई बलियो बनाउने काम भइरहेको महानिर्देशक मिश्रले बताए । उनले भने, “सरकार आफैँले गर्दा खातालगायतका समस्या आउने हुँदा कम्पनीमार्फत सञ्चालनको तयारी गरिरहेका छौँ ।”

कम्पनी चलाउन २०० बढी जनशक्ति आवश्यक पर्छ । एक प्रमुख, सञ्चालन, मर्मतलजस्ता काममा प्राविधिक, प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएकोले विभागले कर्मचारी माग गरेको हो । मुलुकमा रेलसम्बन्धी छुट्टै नियम छैन ।

प्रतिकृया दिनुहोस