परमाणु शक्ति सम्पन्न भारत र पाकिस्तानबीच सैन्य युद्धको खतराः इमरान खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अब भारतसँग वार्ताको कुनै अर्थ नरहने बताएका छन् ।
न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले अब परमाणु शक्ति सम्पन्न भारत र पाकिस्तानबीच सैन्य युद्धको खतरा रहेको बताए ।
प्रधानमन्त्री खानले अन्तर्वार्तामा भनेका छन्, “मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं पटक वार्ताको प्रयास गरेँ तर, हरेक पटक मोदीले अस्वीकार गरिदिए ।”
प्रधानमन्त्री खानले अब यो भन्दा बढी वार्ताको पहल गर्न नसक्ने बताएका छन् । भारतका प्रधानमन्त्री मोदीले कश्मीरको विशेषाधिकार खोसेपछि वार्ताको सट्टा सिमानामा सेना थप्ने काम गरेको प्रधानमन्त्री खानले बताए ।
मोदी सरकारको निर्णयविरुद्ध भारतीय कंग्रेसले विरोध जनाइरहेको छ भने पाकिस्तानले यो प्रकरणलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा पुर्याएको छ ।