कंग्रेस नेता चिदम्बरमलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
भारतीय कंग्रेसका बरिष्ठ नेता एवम पूर्व मन्त्री पी चिदम्बरमलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
भ्रष्टाचार अभियोगमा सीबीआईको टोलीले बुधबार पक्राउ गरेको थियो । चिदम्बरमलाई उनकै घर जोरबागबाट पक्राउ गरिएको हो ।
सीबीआईको टोली र प्रहरी पर्खाल नाघेर घरभित्र पुगेको थियो । चिदम्बरम भारतको गृह र अर्थ मन्त्री भइसकेका छन् ।