थप समाचारबिहिबार, ५ भाद्र , २०७६

यस्तो बन्नेछ 'फास्ट ट्रयाक'

हिमालखबर

काठमाडौंलाई तराईसँग जोड्ने उच्चस्तरको बहुचर्चित द्रुतमार्ग 'फास्ट ट्रयाक'को विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएपछि अब निर्माणका प्रक्रिया अघि बढ्ने भएको छ ।

तस्वीरहरु : नेपाली सेना

सेनाकोे तयार गरेको डीपीआरमा २०७९ सालको साउनसम्म द्रुतमार्ग तयार गरिने र त्यसका लागि कर सहित १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने उल्लेख छ।

द्रुतमार्गमा बनाउनु पर्ने ८७ मध्ये १६ वटा पुल जटिल प्रकृतिका हुने छन् । पुलहरू धेरै उचाइका तथा अन्य प्राविधिक जटिलताका साथ बनाउनु पर्ने र तीनवटा सुरुङमार्ग पनि बनाइने छ ।

द्रुतमार्गको कुल लम्बाइ ७२ किलोमिटरभन्दा केही बढी र पुलहरूको लम्बाइ मात्र करीब ११ किलोमिटर हुनेछ । सुरुङको लम्बाइ साढे ६ किलोमिटर हुनेछ ।

 

प्रतिकृया दिनुहोस