राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्त गर्न माग
राष्ट्रिय महिला आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न माग गर्दै पत्रकार सम्मेलन गरिएको छ ।
महिलाहरुको हक अधिकारको सुनिश्चित गरी समतामूलक राज्यको स्थापनामा आयोगको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा कुनै किसिमको संकुचन हुन नहुने भन्दै महिला सुरक्षा दबाब समूहले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनमा समूहकी अध्यक्ष सावित्री थापाले भनिन् ‘नेपाली महिलाको हक अधिकार तथा सशक्तिकरणको लागि कार्य गरिरहेको संवैधानिक निकाय २२ महीनादेखि पदाधिकारी विहीन हुनु सिंगो नेपाली महिलाहरु नेतृत्व विहीन हुनु हो ।’
संचारिका समूहकी अध्यक्ष नितु पण्डितले महिला आयोगमा पदाधिकारी नहुँदा सरकारलाई नीति निर्माणमा सुझाव तथा निर्देशन, कार्यान्वयन गर्न दबाब दिन नसकिएको बताइन् ।