ओलीकाे अनुपस्थितिमा समेत दाहालले बैठक बाेलाउने
सत्तारुढ दल नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नै अब पार्टी बैठक राख्ने भएका छन् ।
बिहीबार बिहान बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि पार्टी बैठक बस्नसक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यो निर्णयपछि अब अध्यक्ष ओलीको अनुपस्थितिमा पनि नेकपाको सचिवालय बैठक बस्ने भएको छ ।
यसअघि दुवै अध्यक्ष नभएसम्म बैठक नबस्ने सहमति थियाे । तर, प्रधानमन्त्री एवम् अध्यक्ष ओली सिंगापुरमा केही समय बस्ने भएकाले अध्यक्ष दाहाललाई बैठक राख्ने अख्तियारी दिइएको हो ।
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर प्रस्थान गर्दैछन् ।