बिहानै पशुपतिनाथ पुगे जयशंकर
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर बिहानै पशुपतिनाथ पुगेका छन् ।
नेपाल भारत संयुक्त आयोगको बैठकका लागि नेपाल आएका विदेश मन्त्री जयशंकरले पशुपतिनाथ दर्शनपछि पशुपतिनाथ पारिजातको विरुवा रोपेका छन् । विदेशमन्त्री जयशंकरसँगै भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि पशुपतिनाथ पुगेका थिए ।
बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास जाँदैछन् । उनी तीन बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।