भारतीय कंग्रेस नेता पी चिदम्बरम पक्राउ
भारतीय कंग्रेसका बरिष्ठ नेता एवम पूर्व मन्त्री पी चिदम्बरमलाई सीबीआईको टोलीले पक्राउ गरेको छ ।
चिदम्बरमलाई उनकै घर जोरबागबाट पक्राउ गरिएको हाे । सीबीआईको टोली र प्रहरी पर्खाल नाघेर घरभित्र पुगेको थियो ।
घरभित्र आधा घण्टाको कुराकानीपछि सीबीआईको टोलीले चितम्बरमलाई पक्राउ गरेको छ ।
चिदम्बरमलाई पक्राउ गर्न सीबीआईको टोली घरभित्र पसेपछि बाहिर भारतीय जनता पार्टीका कार्यकर्ता र भारतीय कंग्रेसका कार्यकर्ताबीच झडप भएको थियो ।
भित्र सीबीआईको टोली प्रवेश गर्नासाथ बाहिर कंग्रेसका कार्यकर्ताले नाराबाजी गरेका थिए ।
चिदम्बरम भारतको गृह र अर्थ मन्त्री भइसकेका छन् । उनी कंग्रेसका प्रभावशाली नेता हुन् ।