भारतद्वारा नेपाललाई सवा तीन अर्बको चेक
विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर भारतले सवा तीन अर्वको चेक हस्तान्तरण गरेको छ ।
भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निमाण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीलाई चेक हस्तान्तरण गरेका हुन् ।
भारतीय विदेश मन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो । भूकम्पपछि क्षतिग्रस्त संरचना पुनर्निमाण गर्न र हुलाकी मार्ग निर्माणका लागि भारतले तीन अर्व २६ करोड ६५ लाखको चेक दिएको हो ।
पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार र हुलाकी राजमार्ग निर्माण गर्न ८० करोड ७० लाख ७७ हजार रुपैयाँ दिइएको छ । यी दुवै रकम भारतले यसअघि नै प्रतिबद्धता जनाएको रकम हो । भारतीय विदेशमन्त्री जयशंकर दुई दिने नेपाल भ्रमणमा छन् ।