थप समाचारबुधबार, ४ भाद्र , २०७६

युवा वर्ष मोति पुरस्कार चापागाईं र बललाई

रासस

२०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शंकर चापागाईं (धनकुटे कान्छा झापा) र फुलमान बल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित पुरस्कारको राशि रु ५० हजारसहित स्वर्णपदक रहेको छ ।

पुरस्कार छनोट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा बुधबार बसेको बैठकले पुरस्कार अर्पणबारे निर्णय भएको हो ।

१३ भदौमा १५४आँै मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताए । उक्त कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युग कवि मोतिराको विषयमा अध्ययन अनुसन्धान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस