रवि लामिछानेकी पत्नीको जाहेरी प्रहरीले दर्ता गरेन, चितवन जान सुझाव
पत्रकार शालिकराम पुडासैनीको भिडियो कीर्ते गरको अभियोगमा प्रहरीविरुद्ध नै जाहेरी लिएर टेलिभिजन प्रस्तोता रवि लामिछोनकी पत्नी निकिता पौडेल जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् ।
तर, काठमाडौं प्रहरीले जाहेरी दर्ता गरेन । काठमाडौं प्रहरीले चितवन नै जान सुझाव दिएकाे छ।
रविकी पत्नी पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालालाई भिडियो कीर्तेको आरोप लगाएका छन् ।
२० साउनमा पत्रकार पुडासैनीले आत्महत्या गरेको प्रकरणमा रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।