एशिया कप क्रिकेटको तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलंका
आगामी १९ भदौबाट श्रीलंकामा हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटको तालिका सार्वजनिक भएको छ ।
तालिकाअनुसार नेपालको उद्घाटन खेल आयोजक श्रीलंकासँग हुनेछ । एसिसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपालसँगै समूह ‘बी’मा श्रीलंका, बंगलादेश र संयुक्त अरब इमिरेट्स (यूएई) परेको छ ।
समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले २२ भदौमा बंगलादेश, २४ भदौंमा युएईसँग खेल्नेछ ।
राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
असार महीनामा मलेसियामा सम्पन्न भएको एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एशिया कपमा छनोट भएको थियो । त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।