थप समाचारबुधबार, ४ भाद्र , २०७६

सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक विदा

रासस

सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभर ६ भदौमा सार्वजनिक बिदा दिने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ ।

गौरा पर्वका अवसरमा यही भदौ ६ गतेका दिन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा गरिएको छ ।

प्रतिकृया दिनुहोस