घरेलु मैदानमा नेपाललाई जित्नैपर्ने दबाव
एभीसी सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगितामा बुधबार आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । समूह ‘ए’मा रहेका दुवै टीम किर्गिस्तानसँग पराजित भइसकेको छ ।
दुवै टीमको लक्ष्य आजको खेल जित्दै सेमिफाइनलको यात्रा तय गर्नु रहेको छ ।
किर्गिस्तान भने नेपाल र माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै समूह विजेतासहित सेमीफाइन प्रवेश गरिसकेको छ । नेपाल घरेलु मैदानको फाइदा उठाउँदै माल्दिभ्सलाई पराजित गरी सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ ।