कश्मीर प्रकरणको निर्णय अन्तर्राष्ट्रिय अदालतले दिन्छः पाकिस्तान
जम्मु–कश्मीर प्रकरणको निर्णय अन्तर्राष्ट्रिय अदालतले दिने पाकिस्तानका विदेश मन्त्री महम्मद कुरैसीले बताएका छन् ।
विदेशमन्त्री कुरैसीले अव अन्तर्राष्ट्रिय अदालतको विश्वाश गर्ने बताए । “हामीले यो प्रकरण अन्तर्राष्ट्रिय अदालतमा लैजाने निष्कर्ष निकालेका छौं ।” वैधानिक बाटो खोज्ने क्रममा अन्तर्राष्ट्रिय अदालतमा जाने निर्णय लिएको पनि उनले बताए ।
भारतले संविधानको धारा ३७० र ३५ (ए) खारेज गर्दै कश्मीरको विशेषाधिकार खारेज गरेपछि पाकिस्तानले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा पनि यसबारे कुरा उठाइसकेको छ ।