थप समाचारमंगलबार, ३ भाद्र , २०७६

टनकपुर नाका खोल्न भारत र सूदुरपश्चिम प्रदेश सरकार सहमत

रासस

ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्न नेपाल–भारतका जनप्रतिनिधि सहमत भएका छन् । कञ्चनपुरको ब्रम्हदेवस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिले गरेको नेपाल–भारत मैत्री कार्यक्रममा सहभागी जनप्रतिनिधि नाका सञ्चालन गर्न सहमत भएका हुन् ।

दुवै देशको साझा संस्कृति, परम्परा र संस्कार भएकाले दुवै क्षेत्र एकापसमा जोडिनु पर्नेमा उनीहरुले जोड दिए । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले भारतको उत्तराखण्ड र सुदूरपश्चिमको संस्कृति एकनास भएकाले नाका खोल्न पहल गरिने बताए । “नाका खुले यस क्षेत्रको विकासमा टेवा पुग्छ”, उनले भने ।

भारतको उत्तराखण्डका विधायक हरिश भट्टले दुवै देशको धर्म, संस्कृति एउटै भएकाले यसलाई एकापसमा जोड्नका लागि टनकपुर नाका खोल्नका लागि पहल गर्ने बताए ।

विधानसभा सदस्य कैैलाश गहोतडीले व्यापार व्यवसायसँगै आर्थिक समृद्धि ल्याउन नाका सञ्चालन गर्नुपर्नेमा जोड दिए । सिद्धनाथ मन्दिर समितिका अध्यक्ष वीरबहादुर खड्काले धार्मिक पर्यटन र व्यवसायका लागि ब्रम्हदेव–टनकपुर नाका खुल्नेपर्ने बताए ।

 

प्रतिकृया दिनुहोस