इमरान खानमाथि पूर्वपत्नीको आरोप : मोदीलाई खुशी बनाउन कश्मीरको सौदाबाजी
इमरान खानकी पूर्वपत्नी रेहम खानले जम्मू–कश्मीर विषयबारे बोल्दै मोदीलाई खुशी बनाउन कश्मीरको सौदाबाजी गरेको आरोप लगाएकी छन् ।
एक इन्टरभ्यूमा उनले इमरान खानको निर्णय क्षमताको अभाव र मोदीलाई खुशी बनाउने कोसिस भएको बताएकी छन् ।
“हामीलाई सानैदेखि सिकाइएको थियो– ‘कश्मीर पाकिस्तान बन्छ’ तर, इमरान खानले यसको सौदाबाजी गरे ।”
रेहम खानको यो इन्टरभ्यू सोसल मिडियामा भारइरल भएको छ ।
रेहम खानले भनिन्, “मोदीले त्यही गरे जो उनको धारा ३७० हटाउने जनादेश थियो । तर, इमरानले केही गर्न सकेनन् ।
इमरानले पटकपटक भन्दै रहे कि उनले कश्मीरमा मोदीको योजना उनलाई थाहा थियो । यदि उनलाई यसबारेमा थाहा थियो भने किन केही गरेनन् ?
उनले मोदीलाई फोन गरेर कुरा गर्ने कोसिस किन गरिरहेका थिए ।
रेहम खान ब्रिटिस–पाकिस्तानी पत्रकार पनि हुन् । उनको र इमरान खानको वैवाहिक जीवन एक वर्ष चलेको थियो ।–एजेन्सी