अन्डरवर्ल्ड डन छोटा राजनलाई ८ वर्ष कैद
होटल व्यवसायीको हत्याको कोसिसमा दोषी पाइएका अन्डरवर्ल्ड डन छोटा राजनलाई भारतीय विशेष अदालतले ८ वर्ष जेल सजाय सुनाएको छ ।
अक्टुबर सन् २०१२ मा होटल व्यवसायी बीआर शेट्टीको हत्या कोसिसमा दोषी पाइएका अन्डरवर्ल्ड डन छोटा राजन तथा अन्य पाँच जनालाई आठ वर्षको कैद सजाय सुनाइएको हो ।
सबै दोषीलाई विशेष अदालतले मंगलबार पाँच\पाँच लाखको जरिबानासहित कैद सजाय सुनाएको हो ।
व्यवसायी सेट्टीमाथि छोटा राजन (राजेन्द्र निखलजे) का दुई सुटरले गोली प्रहार गरेका थिए । उनको लामो समयसम्म उपचार गरिएको थियो ।
व्यवसायी सेट्टीका मुम्बई तथा मलेशियामा फाइभस्टार होटल रहेका छन् ।–एजेन्सी