बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पूर्वी नपलपरासीको अरुण खोलामा आइतबार आएको बाढीले डाइभर्सन बगाएपछि यात्रुहरु बिचल्लीमा परेका छन् ।
पश्चिम नेपाल र पूर्वी तराईबाट काठमाडौं आउँदै गरेका यात्रुहरु आइतबार साँझदेखि नै बिचल्लीमा परेका हुन् ।
अरुण खोलाको पुल एक साता अगाडि ट्रक ठोक्किएर भाँचिएपछि ह्यूम पाइल राखेर डाइभर्सन बनाइएको थियो ।