भरतपुरस्थित बाणिज्य बैंकमा आगलागी
चितवनको भरतपुरस्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा आगलागी भएको छ ।
सोमबार बिहानै बैंकमा आगलागी भएको हो । आगलागीबाट अधिकांश सामग्री जलेको छ भने शाखा प्रमुखको कार्यकक्ष जलेर नष्ट भएको छ ।
भरतपुर महानगर र रत्ननगर नगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको छ । विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीबाट महत्वपूर्ण कागजात, पैसाको लकर समेत जलेको छ ।