बलियो प्रतिद्वन्द्वी किर्गिस्तानविरुद्ध नेपाल मैदानमा उत्रिदै
एभीसी एसियन मेन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसीप प्रतियोगिता काठमाडौंमा शुरु हुँदैछ । घरेलु मैदानमा नेपालले पहिलो खेल बलियो टीम किर्गिस्तानसँग खेल्दैछ ।
प्रतियोगितामा सेन्ट्रल जोनका १४ मध्ये तल्लो बरियतामा रहेका सात देशले प्रतिश्पर्धा गर्दैछन् । समूह एमा रहेको नेपालले किर्गिस्तान र माल्दिभ्ससँग खेल्नुपर्ने छ ।
तर, नेपालका किर्गिस्तान सजिलो छैन । किनभने, अहिलेसम्म किर्गिस्तानलाई नेपालले पराजित गर्न सकेको छैन । तेस्रो संस्करणमा नेपालले ऐतिहासिक तेस्रो स्थान हात पार्दा विजेता कीर्गिस्तान बनेको थियो ।
एसियन गेम्समा भने किर्गिस्तानले खेल आवक ओभर गरेको थियो । र, नतिजा नेपालको पक्षमा आएको थियो ।