पुतली सडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप
लोक सेवा आयोगको विज्ञापनविरुद्ध निस्किएको प्रदर्शनकारी र प्रहरीबीच शनिबार पुतली सडकमा झडप भएको छ ।
भृकुटीमण्डपबाट निस्किएको प्रदर्शनकारीसँग पुतलीसडकमा झडप भएको थियो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो ।
प्रहरीको लाठी चार्जबाट नेपाल आदिवासी जनजाति महासँघका अध्यक्ष जगत बरामसहित दर्जन बढी घाइते भएको महासँघले जनाएको छ । लोक सेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन समावेशी नभएको भन्दै महासँघले लगातार प्रदर्शन गर्दै आएको छ ।