चीनको खण्डन गर्दै भारतले भन्यो– कश्मीर आन्तरिक मामला हाे
जम्मु–कश्मीरको विशेषाधिकार खारेज भएपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठक बसेको छ । बैठकमा चीनले कश्मीरको अवस्था गम्भीर र खतरापूर्ण रहेको तर्क गरेपछि यसको भारतले खण्डन गरेको छ ।
चिनियाँ प्रतिनिधि लगत्तै भारतले चिनियाँ तर्कको खण्डन गरेको हो । भारतले कश्मीर भारतको आन्तरिक मामला भएको तर्क गरेको छ ।
कश्मीर प्रकरणमा पाकिस्तानले दिग्भ्रमित पार्ने प्रयास गरेको भारतीय प्रतिनिधले तर्क गरेको छ ।
बैठकमा चिनियाँ प्रतिनिधिले भारतले संविधानको धारा ३७० र ३५ (ए) खारेज गरेर बहुपक्षीय सम्झौता तोडेको आरोप लगाएका थिए ।