दक्षिण एशियाका प्राज्ञ, बुद्धिजीवी र अभियन्ता भन्छन् : ‘जम्मू–कश्मीरमा भारतीय कदम अमानवीय र अस्वीकार्य’
दक्षिणएशिया र यसक्षेत्रमा काम गरेका दुई सय ५० भन्दा बढी बुद्धिजीवी, अध्येता, कलाकार, अधिकारकर्मी, पत्रकारले जम्मू–कश्मीरमा भारत सरकारले चालेको ‘अमानवीय कदम’ तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।
“उपनिवेशवादबाट स्वतन्त्र भएको अवसरमा उत्सव मनाउन लागेको भारतको प्रतिगामी कदमले निरंकुशतातर्फ अघि बढेको छ”, बिहीबार ७३ औं भारतीय स्वतन्त्रता दिवसका अवसरमा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा एएस पनिरसेल्भन, शाहिदूल आलम, कुलचन्द्र गौतम, पार्थ चटर्जी, विना दास, शर्मिन ओबिद चिनोय, आयशा जलाल, चन्द्र तालपडे मोहान्टि, मार्था नुसबाउम, शेल्डन पोलक, तपन बोस, नयनतारा गुरुङ कक्षपति, सोफिया करिमलगायत २५१ जनाको हस्ताक्षर छ ।
हस्ताक्षरकर्ताहरूले ‘भारत र जम्मू–कश्मीरका जनताको ऐतिहासिक समझदारी’मा समाहित संवैधानिक विशेषाधिकारको धारा ३७० एकतर्फी रुपमा खारेज गर्ने कदमले निन्दा पनि गरेका छन् ।
“कश्मीर मामिलामा भारत सरकारले संविधानवाद, धर्मनिरपेक्षतावाद र लोकतान्त्रिक मूल्यमान्यताको अनादर गरेको छ”, विज्ञप्तिमा भनिएको छ।
धारा ३७० को खारेजीसँगै कश्मीरमा गरिएको पक्राउ, सञ्चार विच्छेद, सञ्चारमाध्यममा बन्देज, शान्तिपूर्ण विरोधको अधिकार हनन्जस्ता कुराले आफूहरुलाई चिन्तित बनाएको उल्लेख गर्दै विज्ञप्तिमा तत्काल यस्ता बन्देज हटाइ शान्ति स्थापना गर्न सरकारलाई ध्यानाकर्षण पनि गराइएको छ।
“भारत सरकारले आफ्नो बहुमतको लोकरिझ्याई पूरै भारतमा भयकोे वातावरण बनाउन प्रयोग गरिरहेको छ, जसको हामी भत्र्सना गर्दछौं”, विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठ –