मोदीले घोषणा गरेको पहिलो ‘सीडीएस’ मा रावतकाे सम्भावना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको पदमा पहिलो सीडीएस वर्तमान सेनाध्यक्ष विपिन रावत हुन सक्ने बताइएको छ ।
सेनाध्यक्ष विपिन रावतको कार्यकाल आउँदो डिसेम्बर सम्म भएकाले रिटायर भएपछि उक्त पद उनले पाउन सक्ने बताइएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७३ औं स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट सुरक्षा सम्बन्धी नयाँ पद चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) को घोषणा गरेका हुन्।
चिफ अफ डिफेन्स स्टाफको नियुक्ति प्रक्रियाका लागि एक उच्चस्तरीय समिति गठन गरिएको छ । यो समितिले नोभेम्बर, २०१९ मा आफ्नो रिपोर्ट बुझाउने छ ।
सीडीएस पद तीनवटै सेना प्रमुखहरू भन्दा माथि रहने वा अन्य तीन सेना प्रमुख सरह रहने भन्ने र यसको कार्यकालको अवधि बारे पनि स्पष्ट छैन ।
विदेश समन्वय, रक्षा सँग सम्बन्धित पोस्टिङ तथा टास्क, ट्रेनिङ लगायत कुरा सीडीएस अन्तर्गत रहने बताइएको छ । यसका अन्य काम र अधिकारका क्षेत्र बारे राजनीतिक निर्णय लिइने बताइएको छ ।– एजेन्सी