कश्मीर पुरानै गौरवमा फर्कन्छः मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको विशेषाधिकार समाप्त गर्ने घोषणाले पुरानै गौरवको थालनि गर्ने बताएका छन् । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीले कश्मीर अब पुरानै गौरवमा फर्कने दावी गरे ।
प्रधानमन्त्री मोदीले कश्मीरको पुरानो गौरव फेरि स्थापित गरिने र कश्मीरले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कश्मीरले विशेषाधिकार पाइरहदा भ्रष्टाचारले प्रश्रय पाएकाले संविधानको धारा ३७० खारेजका गरेको प्रधानमन्त्री मोदीको भनाइ छ ।
२० साउनमा भारत सरकारले संविधानको धारा ३७० र ३५ (ए) खारेज गरेयता कश्मीरको बन्द छ । फोन र इन्टरनेटको सुविधा अवरुद्ध गरिएको छ ।