लिभरपुलले जित्यो सुपर कपको उपाधि
यूईएफए सुपर कपको उपाधि चौथों पटक पनि लिभरपुलले जितेको छ ।
फ्रांक लाम्पार्डको टीम चेल्सीलाई पेनाल्टीमा ५–४ गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र थपिएको समयमा दुई–दुईको बराबरी भएपछि खेल ट्राइबे्रकरमा गएको थियो ।
खेलको पहिलो हाफ एक–एक गोलको बराबरी भएको थियो । ३६औं मिनेटमा चेल्सीका लागि ओलिभर जिरुडले गोल गरे । यो अग्रता १२ मिनेट मात्रै टिक्न सक्यो । लिभरपुलका साडियो मानेले ४८औं मिनेटमा गोल गदै खेल बराबरीमा लगे ।
दोस्रो हाफमा दुवै पक्षबाट गोल हुन सकेन । तर, थपिएको समयमा फेरि एक–एक गोल गरे । थपिएको समयमा भने दुवै टीमले एक–एक गोल थपे ।
दुवै पक्षले लामो समय अग्रता लिन नसक्दा फाइनल खेल रोचक बन्यो । निर्धारित र थपिएको समयमा पनि बराबर भएपछि पेनाल्टी सुटआउटमार्फत् उपाधिको टुंगो लागेको हो ।