चेल्सीपछि म्यानचेस्टर सिटीलाई फिफाको कार्बाही
इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई विश्व फुटबल महासंघ (फिफा) ले कारबाही गरेको छ । खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको भन्दै सिटीलाई कार्बाही गरिएको हो ।
सिटीलाई तीन लाख ७० हजार स्वीस फ्रान्क जरिवाना गरिएको छ । १९ वर्ष माथिका खेलाडी मात्रै अनुबन्ध गर्न पाउने प्रावधान सिटीले तोडेको हो ।
फिफाका अनुसार सिटीले १८ वर्षका खेलाडी पनि अनुबन्ध गरेको छ । यस चेल्सीले खेलाड अनुबन्धकै आरोपमा दुई वर्ष प्रतिबन्धित हुनु परेको थियो ।