रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते ‘गोल अफ दी सिजन’ अवार्ड
नयाँ सिजन शुरु हुनपूर्व नै बार्सिलोनाका स्टार लियोनल मेस्सीले अवार्ड जित्न थालेका छन ।
गत सिजनको युईएफए प्रतियोगितामा गरेको गोल मध्येबाट मेस्सीले अवार्ड जितेका हुन् । मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलविरुद्ध गरेको फ्रिकिकको आधारमा अवार्ड जितेका हुन् ।
मेस्सीले भोटिङका आधारमा रोनाल्डोलाई पछि पारे । रोनाल्डोले च्याम्पियन्स लिगको म्यानचेस्टर युनाइटेडविरुद्ध गोलका आधारमा मनोनयनमा परेका थिए ।