एउटै खेलमा २३ गाेल, पाँच खेलाडीको ह्याट्रिक
जर्मन च्याम्पियन बार्यन म्युनिखले रोताक एगर्नसँगको मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । विरलै सुनिने गोल अन्तरको अग्रता बार्यनले निकालेको छ ।
रोताकसँग २३–० गोल अन्तरको जित बार्यनले निकालेको हो । बार्यनका पाँच खेलाडी त ह्याट्रिक गरे भने कोरेन्टिन टोरिसोले चार गोल गरे ।
बार्यनका रोबेर्टो, लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस ओकयरीले ह्याट्रिक गरे । पहिलो हाफमा ११ गोलसहित डवल डिजितको अग्रता लिएको बार्यनले दोस्रो हाफमा १२ गोल थप गरेको थियो ।