रोनाल्डो र मेस्सीसँग प्रतिस्पर्धा गर्न आइपुगे माने
फुटबल दुनियाँमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो यो पुस्ताका स्टार खेलाडी हुन् ।
मेस्सी र रोनाल्डोलाई फुटवल दुनियाँले महारथी नै मान्छन् । मेस्सी बार्सिलोनाका स्टार हुन् भने रोनाल्डो इटालियन क्लब युभेन्टसका स्टार हुन् । यस पटक च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राइकर अवार्डमा मेस्सी र रोनाल्डो दुवै परेका छन् ।
अनि, प्रतिश्पर्धामा अर्का स्टार पनि छन्– लिभरपुलका माने ।
युरोपियन फुटबल महासंघ (युएईएफए) ले बिहीबार साँझ सार्वजनिक गरेको च्याम्पियन्स लिगको मनोनयनमा लिभरपुलका साडियो माने मेस्सी र रोनाल्डोसँगै स्ट्राइकरको उपाधिका दावेदारमा देखिए ।
तर, नतिजा भने २९ अगष्टमा मात्रै सार्वजनिक हुनेछ ।