प्रतिष्ठित बालोन डि’ओर अवार्ड रोनाल्डोलाई
बालोन डि’ओर अवार्ड रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । उनले यो उपाधि चौथो पटक जितेका हुन । ३१ वर्षीय रोनाल्डोले सन् २००८, २०१३ र २०१४ मा पनि यो अवार्ड जितेका थिए ।
पोर्चुगिज फुटबलर रोनाल्डोले ७४५ अंक पाएर प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका हुन । अघिल्लो वर्ष रियल मड्रिडलाई च्याम्पियन्स लिग विजेता बनाएका रोनाल्डोकै नेतृत्वमा पोर्चुगलले युरो कप जितेको थियो ।
दोस्रो स्थानमा रहेका लियोनल मेसीले ३१६ अंक प्राप्त गरे । मेसीले यो अवार्ड पाँच पटक पाईसकेका छन् ।
तेस्रो स्थानका एन्टिनियो ग्रीजम्यानले १९८, लुईस स्वारेजले ९१, नेयमारले ६८ र गारेथ बेलले ६० अंक पाएका थिए ।