विश्वकप छनोटका लागि प्रारम्भिक टीम घोषणा
विश्वकप फुटबल–२०२२ को छनोेटका लागि नेपाली फुटबल प्रारम्भिक टीम घोषणा भएको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले ३१ सदस्यीय टिमको घोषणा गरेका हुन् । प्रशिक्षणमा ३६ खेलाडीलाई प्रशिक्षणमा राखिएको थियो । प्रशिक्षणबाट पाँच जना खेलाडीलाई टिम बाहिर राखेर टीम घोषणा गरिएको छ ।
प्रारम्भिक टीम
विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अविषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्तिमगर, रोहित चन्द ।