विश्वकप छनोटबाट बाहिरिएपनि नेपालको बरियता कायमै
टी–२० क्रिकेट विश्वकप-२०२० को एसिया छनोटबाटै बाहिरिएको नेपाल बरियतामा भने यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको बरियतामा नेपाल टी–२० तर्फ ११औं स्थानमा यथावत छ ।
१४ टी–२० बाट २०१ रेटिङ पाउँदै नेपाल बरियतामा यथावत रहेको हो । जुलाई महीनामा नेपालले मलेसियासँगको दुई खेलको टी–ट्वान्टी शृंखला जित्नुका साथै आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो ।
टी–२० को शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका छ । चांैथोमा अष्ट्रेलिया, पाँचौमा भारत, छैटोमा न्यूजिल्याण्ड, सातौंमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इण्डिज र दशौंमा बंगलादेश छन् ।