बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोनसन बन्ने
बेलायतको सत्तारुढ कन्जर्भेटिभ पार्टीकाे पार्टी नेतामा बोरिस जोनसन निर्वाचित भएका छन् ।
कन्जर्भेटिभ पार्टीका करीब एक लाख ६० हजार सदस्यले मतदान प्रक्रियाबाट बोरिस जोनसनलाई पार्टी नेतामा चयन गरेका हुन् ।
जोनसनले प्रधानमन्त्री मेको उत्तराधिकारीको रूपमा बुधबार शपथग्रहण गर्नेछन् ।
प्रधानमन्त्री मेले बुधबार संसदकाे प्रश्नोत्तरमा सहभागी भएपछि महारानीसमक्ष आफ्नो राजीनामा प्रस्तुत गर्नेछिन् ।
उनको उत्तराधिकारीको रूपमा जोनसनले त्यसको केही समयपछि नै महारानीसँग भेटेर कार्यभार सम्हाल्ने बताइएको छ ।
ब्रिटेनले युरोपेली संघ छोड्नुपर्ने भन्दै प्रचारप्रसारमा लागेका जोनसन नेतृत्वका लागि अगाडि रहेका थिए ।
जोनसनले अक्टोबर ३१ भित्रै ब्रिटेनलाई युरोपेली संघबाट बाहिर ल्याउन आफू कटिबद्ध भएको बताएका छन् । –एजेन्सी