एनएमबी ब्याङ्कको नयाँ कर्पोरेट अभियान शुरू
एनएमबी ब्याङ्कले ‘हामी देख्छौ अपार सम्भावना’ नारा सहितको नयाँ कर्पोरेट अभियान शुरु गरेको छ ।
‘हामी देख्छौं अपार सम्भावना’को अवधारणा ब्याङ्कको दूरदृष्टिमा केन्द्रित रहेको जनाइएको छ ।
उक्त अभियानले सतहभन्दा टाढाको अवसर पहिल्याउने र मुलुकमा भएका असिमित स्रोत–साधन उपयोगमा जोड दिन ब्याङ्कले जनाएको छ । पहिल्याइएका नयाँ योजना र अवसरमा ब्याङ्कले लगानी गर्नेछ ।
यसले आममानिसको जीवनयापन सहज हुने र मुलुकको आर्थिक विकासमा टेवा पुग्ने ब्याङ्कले विश्वास लिएको छ ।