आईसीसी टी–ट्वेन्टी क्रिकेट: नेपालले दिएकाे १२३ काे लक्ष्य पछ्याउँदै कतार
सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अनन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो खेलमा प्रतियोगितामा नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्रै बनायो ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा जारी खेलमा पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरे ।
तर पनि नेपालले उच्च स्कोर बनाउन असफल भयो ।
कप्तान पारस ५।६ ओभरमा २८ रन बनाएर आउट भए । दोश्रो विकेटको रुपमा ज्ञानेन्द्र २३ रनमा पेभेलियन फर्किए । ज्ञानेन्द्र आउट हुँदा नेपालको ५८ रन थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन जोडे ।
यस्तै सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन बनाएर आउट भए ।
नेपालले दिएको लक्ष्य पछ्याउँदै अहिले कतारले ब्याटिङ शुरु गरेको छ ।