२७ साउनमा नेशनल एजुकेशन अवार्ड हुँदै
१५औं वाईवाई नेशनल एजुकेशन अवार्ड २७ साउनमा काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुने भएको छ ।
शिक्षालय राष्ट्रिय मासिकले आयोजना गर्ने अवार्डका विजेताहरुको सूची आज घोषणा गरिएको हो ।
यो वर्ष १३ विधामा १६ जनालाई अवार्ड वितरण गरिनेछ । वाईवाईले २५ हजार नगद राशिको ‘वाईवाई ज्ञान उदय छात्रवृत्ति’ सम्मान पनि अवार्ड समारोहमा वितरण गर्नेछ ।
अवार्डमा स्कूल अफ दि इयर, स्कूल एक्सिलेन्स अवार्ड, वेष्ट टिचर अवार्ड, राइजिङ अवार्ड, क्रिएटिभ अवार्ड, एजुकेशन जर्नालिष्ट अवार्ड, एजुकेशन भिजन अवार्ड, बेष्ट प्रिन्सिपल अवार्ड लगायत १३ विधा छन् ।
यो वर्ष नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौलाले ‘शिक्षा पत्रकारिता पुरस्कार’ पाउने भएका छन् ।