विप्लव समूहका उपत्यका इन्चार्ज माइला लामा पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।
उनलाई गएराति काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले बताए ।
विशेष सूचनाका आधारमा उनी पक्राउ परेकाे प्रहरीकाे भनाई छ ।
राजधानीको विभिन्न स्थानमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै लामालाई प्रहरीले खाेजीकाे सूचीमा राखेकाे थियाे ।
लामासँगै उनका सहयोगी रेशम तामाङलाई समेत पक्राउ परेका छन ।
सरकारले विप्लव समूहका गतिविधि विध्वंशकारी रहेको भन्दै रोक लगाएको छ ।