नुहाउन लाग्दा तीन बालबालिकाको डुबेर मृत्यु
नुहाउन लाग्दा तीनजना बालबालिकाको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका ५ का निरुता कुमारी र पिन्की कुमारी खाल्डोमा जमेको पानीमा डुब्दा शनिबार मृत्यु भएको हो ।
गोठालो गएका बेला गर्मी भएपछि नुहाउन खोज्दा लालबकैया नदीको बाँधमा रहेको खाल्डोमा डुबेकोे अनुमान गरिएको छ ।
यसैगरी सर्लाहीको मलंगवा नगरपालिका १२ स्थित पोखरीमा डुबेर एक १२ वर्षीय बालक पवन महतोको पनि मृत्यु भएको छ । उनी पनि नुहाउन जाँदा डुबेकाे बताइएको छ ।