अशोक लेल्याण्डका गाडीमा ७५ प्रतिशत कर्जा सुविधा
नेपालका लागि अशोक लेल्याण्ड गाडीको आधिकारिक विक्रेता आईएमई मोटर्सले ७५ प्रतिशत फाइनान्समा गाडी उपलब्ध गराउने भएको छ ।
कर्जाकाे लागि आईएमई मोटर्सले कामना सेवा विकास ब्याङ्कसँग सम्झौता गरेको छ ।
सम्झौतामा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आईएमई मोटर्सका कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अशोक लेल्याण्डका गाडीमा कामना सेवा विकास ब्याङ्कले ७५ प्रतिशतसम्मको कर्जा सुविधा उपलब्ध गराउनेछ ।
आईएमई मोटर्सले अशोक लेल्याण्डका बस, टिप्पर, पिकअप लगायतका कमर्सियल गाडी विक्री गर्दै आइरहेको छ ।