क्योताे एनिमेशन स्टुडियोमा आगजनी, २४ जनाको मृत्यु
जापानको क्योताेस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीमा २४ जनाको मृत्यु भएको बताइएको छ ।
सो घटनामा कम्तीमा ३५ जना हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीबार बिहान ‘क्योताे एनिमेशन’को स्टुडियोमा प्रवेश गरेर अज्ञात तरल पदार्थ छ्यापेको जनाएको बीबीसीले उल्लेख गरेको छ । नाम नखुलाइएका ती सन्दिग्ध व्यक्तिलाई पनि घाइते अवस्थामा पक्राउ गरिएको बताइएको छ ।
स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०.३० बजे आगो लागेको थियो । उद्धारको काम भइरहेको छ । आगो लागेपछि ठूलो विष्फोट भएको सुनिएको बताइएको छ ।
क्योताे एनिमेशन सन् १९८१ मा स्थापना र त्यसले ‘के–अन’ र ‘द मेलन्कली अफ हारुही सुजुमिया’ जस्ता एनिमेशन कार्यक्रमहरू बनाएको छ ।
–एजेन्सी