अर्थ/बजारबुधबार, १ श्रावण , २०७६

नामी कलेज र इन्फो डेभलपर्सबीच सम्झौता

हिमालखबर

काठमाडौंको जोरपाटीस्थित नामी कलेज र इन्फो डेभलपर्स प्रा.लि.बीच सूचना प्रविधि क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

नामी कलेजमा अध्ययनरत विद्यार्थीको अभ्यासमूलक कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सम्झौता गरिएको हो ।

सम्झौताअनुसार इन्फो डेभलपर्सको सहयोगमा कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजना राखिएको छ ।

त्यस्तै, इन्फोका प्रतिनिधिले नामीका विद्यार्थीलाई सूचना प्रविधिसँग सम्बन्धित विषयमा तालीम पनि दिनेछन् ।

सहकार्यले सूचना प्रविधि क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्ने विश्वास दुवै पक्षले लिएका छन् ।

नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ, बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स लगायतका विषय अध्यापन गराउँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस