मुम्बई हमलाका अभियुक्त हाफिज सइद लाहोरबाट गिरफ्तार
मुम्बई हमलाका अभियुक्त हाफिज सइदलगायत १३ जनालाई पाकिस्तान सरकारले गिरफ्तार गरेको छ ।
जमात उद दावाका प्रमुख हाफिज सइदका विरुद्ध चरमपन्थीहरूका लागि धनराशि जम्मा गरेको आरोपमा जुलाई पहिलो साता मुद्दा दर्ता गरिएको थियो । उनलाई पाकिस्तानको लाहाैरबाट गिरफ्तार गरिएको हो ।
हाफिज सइद लगायत लस्कर ए ताेएवा र फलाह ए इन्सानियत फाउन्डेसनका १३ जना सदस्य विरुद्ध पन्जाबका अलग अलग शहरमा २३ वटा मुद्दा दर्ता गरिएको थियो ।
यिनीहरूमाथि धेरै गैरसरकारी संस्था बनाएर चरमपन्थी गतिविधि सञ्चालन गरेको तथा आतंकवादका लागि धनराशि जम्मा गरेको आरोप छ ।
हाफिज सइद र अन्य १२ जनाका विरुद्ध पाकिस्तानको आतंकवाद– निरोधी कानून १९९७ अन्तर्गत विशेष अदालतमा मुद्दा चलाइने छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणपूर्व भएको यस गिरफ्तारीलाई राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटलाई सहज बनाउन गरिएको कदमको रूपमा लिइएको छ ।– एजेन्सी