बाढीपहिरोमा परी ६५ काे मृत्यु, ३० जना बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
३० जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहानसम्म बाढी र पहिरोबाट २४ महिला र ४१ पुरुषको मृत्यु भएको छ ।
यसैगरी बाढीपहिरोमा परी ३८ जना घाइते भएका छन् । त्यसमध्ये १७ जना महिला र २१ जना पुरुष भएको पनि प्रहरीले जानकारी दिएको छ ।
आज बिहानसम्म बाढीपहिरोमा परी ३० जना बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरुमा १२ जना महिला र १८ जना पुरुष छन् । प्रहरीले अहिलेसम्म १ हजार ४४६ जनाको सकुशल उद्धार गरिएको जनाएको छ ।