अन्तर्राष्ट्रिय लगानी सम्मेलन काठमाडौंमा
अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउनले अन्तराष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । सम्मेलन समितिको राजधानीमा २४ मंसिरमा बसेको बैठकले १९ र २० फागुनमा सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा ऊर्जा तथा पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, वित्तिय क्षेत्र, खानी तथा खनीज र कृषि प्रशोधन तथा उद्योगका क्षेत्रमा छलफल हुने भएको छ । सम्मेलनमा नेपालमा लगानी गर्दै आएका अन्तर्राष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई निम्ता गरिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।