समाचारसोमबार, ९ आषाढ , २०७६

प्रमुख – उपप्रमुख विवादले रामगोपालपुर नगरपालिकामा ताला

रासस

महोत्तरीको रामगोपालपुर नगरपालिका उपप्रमुख सीतादेवी साहले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेकी छन् ।

आफूले चढ्ने गाडी नगरप्रमुख अशोककुमार मण्डलले 'कब्जा' गरेको भन्दै साहले कार्यालयमा तालाबन्दी गरेकी हुन् ।

नगरप्रमुखले केही वडासँग मिलेर मनपरी कर उठाएको, स्वकीय सचिव रामजानकी मण्डलले आफ्नो अधिकारमाथि हस्तक्षेप गरेको उनको आरोप छ।

न्याय नपाएसम्म ताला नखोल्ने उनले बताइन् ।

नगरप्रमुख मण्डलले भने उपप्रमुख साहले आफ्नो छोराको विवाहका लागि सरकारी गाडी दुरुपयोग गरेकोले रोक्न खोज्दा विवाद भएको बताए ।

नगरपालिकाको मुलगेटमा ताला लगाएपछि ७ असारमा हुने भनिएको नगरपरिषद् बैठक अनिश्चित बनेकाे छ ।

प्रतिकृया दिनुहोस